काठमाडाैं – सामाजीक संस्था नवजीवन परोपकार समाजको आइटी सल्लाहाकारमा आइटी इन्जिनियर किरण अधिकारीलाई नियुक्त गरिएको छ।
नवजीवन परोपकार समाजको सामाजिक कार्यको लागी आइटी ईन्जिनियर तथा जिनियस आइ. टी सोलुसनका सिइओ किरण अधिकारीलाई नवजीवन परोपकार समाजको आइ. टी सल्लाहकारमा नियुक्त गरेको हो।
परोकार समाजले किरणको सल्लाह सुझावलाई अनुसरण गर्दै आइटीको उपयोग गर्नका साथै संस्थाले गरेका हरेक सेवाहरू विश्वभर रहनुहुने नेपाली तथा सामाजिक मनकारीहरूले हेर्न सकिने बनाइने छ।
जिनियस आई. टी सोलसनमार्फत हाल अस्ट्रेलिया तथा नेपालमा धेरैले आईटी ईन्जिनियरिङमा रोजगार प्राप्त गरिसकेको छन्।
उक्त कम्पनीका सिइओ जो, सामाजिक कार्यमा पनि सक्रिय रूपमा काम गर्दै आएका छन्।
यसै क्रममा उनी नवजीवन परोपकार समाजसँग पनि जोडिन पुगेका हुन्।
