तेजपत्ता : एक औषधी

दुर्गानाथ दाहाल
अध्यक्ष , नवजीवन परोपकार समाज

तेजपत्ता : एक औषधी
उष्ण तथा समशितोष्ण हिमालय प्रदेशमा ३००० देखि ६००० सम्म फुटको उ“चाईमा तमालपत्रको वृक्ष पाईन्छ । यसको सुकेको पातलाई नै बजारमा तेजपत्ताको नाममा बिक्री गरिन्छ । यसमा ल्वांग तथा दालचिनीको मिश्रित गन्ध पाईन्छ ।
औषधीय प्रयोग :
१) चियापत्तिको ठाउ“मा तेजपत्ताको चूर्णलाई हालेर चिया पिएमा हाच्छयु“ , नाक बग्ने , जलन तथा टाउको दु:खाईमा आराम दिन्छ ।
२) १० ग्राम तेजपत्ताको पातलाई पानीमा पिसेर टाउकोमा मेहन्दी लगाएजस्तै लगाएमा गर्मी तथा सर्दीको कारणले उत्पन्न शिरपीडा निको हुन्छ ।
३) यसको ५ देखि ७ वटा पातलाई एक गिलास पानीमा उमाल्ने अनि पानी आधा बा“की भएपछि त्यसले टाउको नुहाउने गरेमा जुम्रा , लिखा तथा चाया“ हराउ“दै जान्छ ।
४)यसको पातलँई मसीनो गरी पिनेर दा“त मल्ने गरेमा दा“त सफा भई चमक आउ“छ ।
५) तेजपातको रुखको डा“ठले दतिवन गर्ने गरेमा दा“तबाट रगत बग्न निको हुन्छ ।
६) तेजपातको पत्ताको चूर्णलाई बिहान बेलुका एक कप तातो दुधसंग पिउने गरेमा दम तथा श्वासको रोग निको हुन्छ ।
७) एक चम्मच तेजपातको चूर्ण महस“ग चाटने गरेमा खोकीको रोग निको हुन्छ ।
८) तेजपत्ताको पात नियमीत रुपमा चुस्ने गरेमा बोली अडकिने रोगमा लाभ हुन्छ ।
९) तेजपत्ताको रायता नियमीत खाएमा अरुचिमा लाभ हुन्छ र भोक लाग्न थाल्छ ।
१०) यसको पातको काढा पिएमा पसीना आई आन्द्राको खराबीले पेट फुल्ने तथा पखाला लाग्ने रोग निको हुन्छ ।
११) यसको ५ ,६ पत्ता नियमीत चपाउने गरेमा जण्डीस तथा पत्थरी रोगमा लाभ हुन्छ ।
१२) यसको पत्ताको धूनी लिएमा सुखसंग प्रसव हुन्छ ।
१३) यसको रुखको बोक्राको धुलो २ देखि ४ ग्रामसम्म फा“को लिने गरेमा वायु गोला निको हुन्छ ।
१४) घाउ भएको ठाउ“मा केही पातहरु पिसेर धुलो बनाई लेप लगाएमा घाउ छिटो निको हुन्छ ।
For Donation :
Address : Tarakeshwor-7 , Kathmandu , Nepal
Contact : +977 9851059892, 9841525406, 9848738640
Email: [email protected]
Website: navajeevan.org.np
Youtube : Navajeevan Paropakar Samaj
Facebook : facebook.com/navajeevanparopakarsamaj
Fonepay:Agricultural Development Bank , Nepal
NAVJEEVAN PAROPAKAR SAMAJ
Code :#2105182204 Terminal :#402368