काठमाडौं । प्रवासी नेपाली एकता समाज पानस थाइल्याण्डका परोपकारी मनहरुले रास्ट्रसेवक भिम उपाध्ययमार्फत बाढी पिडितलाई राहत उपलब्ध गराउन भएको छ ।
पानसका अध्यक्ष भूषण सिंह श्रेष्ठ, महासचिव दिनेश बुढाथोकी, कोषाध्यक्ष चुडामणि भण्डारी, उपाध्यक्ष राजु बलामीले दशैंको बेला अध्यारोमा बस्न परेका बेथानचोक ढुंखर्क देशबासीहरूलाई प्रति घरपरिवार १।१ वटा सोलार बत्ति खरिद गरेर उपलब्ध गराईदिनुहोला भनि ४१,७०० रुपैयाँ पठाउनु भएको थियो। यो रकमबाट प्रहरी स्थानियहरुको समन्वयमा ५५० वटा सोलार वितरण गरिएको छ ।
यस्तो संकटमा अध्यारो निवारण गर्ने पवित्र सोचका पानस थाईल्याण्डका सम्पुर्ण परोपकारी मनहरुलाई आभार तथा धन्यवाद दिन चाहन्छौँ ।

