काठमाडौं । नवजीवन परोपकार समाजको एक व्यक्ति एक सोलार अभियान अन्तर्गत कोलफिट फाउन्डेसन र तमु समाज इजरायलले ढुंखर्कका २५० घरधुरीलाई सोलार बत्ति उपलब्ध गराएको छ । सो बत्ति बुधबार वितरण गरिएको नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले बताए ।
उनका अनुसार वडा नम्बर २ र ३ का बाढिपिडितलाई सो सहयोग वितरण गरिएको हो । यसअघि पनि पूर्वसचिव तथा वरिष्ठ समाजसेवी भिम उपाध्याय लगायतका समाजसेवीको सहयोगमा नवजीवनले हजारौँ बाढिपिडितलाई बत्ति वितरण गरेको थियो ।
तमु समाज इजरायल तथा कुसाङ डोमा र कोलफिट फाउण्डेसन तथा सुनिता गुरुङको नवजीवन परोपकार समाज कोटीकोटी नमन अर्पण गर्दछ ।

