एक व्यक्ति एक सोलार अभियानमा पोखराका व्यवसायी लगायत समाजसेवीको सहयोग

काठमाडौं । एक व्यक्ति एक सोलार अभियानमा पोखरा तारा होटलका सञ्चालक समाजसेवी दिलीप गुरुङले लगायतका समाजसेवीहरुले बाढीपिडितलाई राहत सहयोग गर्नुभएको छ ।

उहाँले ७५ वटा सोलार वत्ती किन्नका लागी ५० हजार सहयोग गर्नु भएको छ । साथै एक व्यक्ति एक सोलार अभियानमा धार्मिक तथा सामाजिक व्यतित्व योगी दिव्य दिवाकरले १५ हजार करिब २५ ओटा सोलार सहयोग गर्नु भएको छ ।

त्यस्तै बर्दिया घर भर्इ हाल प्रवासमा रहनुहुने सामाजिक व्यक्तित्व परोपकारी ब्यक्तित्व आदरणीय मनोज पौडेल ज्युले काभ्रेका विभिन्न स्थानमा भगनाबसेस भएका बस्तीमा सेवा स्वरुप आर्थिक रु १५,००० करिब २२ वटा सोलार सहयोग गर्नु भएको छ ।

यो रकमले दशैंको बेला अध्यारोमा बस्न बेथानचोक ढुंखर्कका बाढीपिडितहरुलाई ५५० वटा सोलार वितरण गरिएको छ । प्रहरी, स्थानिय स्वमंसेवकहरुको सहयोगमा सो सोलार वितरण गरिएको छ ।

यस्तो संकटमा अध्यारो निवारण गर्ने पवित्र सोचका समाजसेवीहरु लगायत सम्पूर्ण रोपकारी मनहरुलाई आभार तथा धन्यवाद दिन चाहन्छौँ ।