काठमाडौं । यतिबेला नवजीवन परोपकार समाजका सस्थापक अध्यक्ष दुर्गानाथ दाहाललाई फुल टिप्न भ्याइ नभ्याइ छ । उहाँले नवजीवनको आगनमा र बौद्धस्थित बारीमा फुल खेती गर्नुभएको थियोे ।
उहाँ आफुले गरेको फुल खेतीबाट कमाएको पैसाले आश्रमका बुवाआमाको भरणपोषण र औषधि उपचारमा खर्च गर्नुहुन्छ ।
अहिलेसम्म करिब फुल बिक्री गरेर करिब तीन लाखसम्मको व्यापार भएको दुर्गानाथ बताउनुहुन्छ।
दुर्गानाथको फुलखेतीमा पानी हाल्ने गोडमेल गर्ने काम आश्रमका बुवा आमाले गर्नुहुन्छ । “यसवर्ष मात्रै होइन पाँच वर्षदेखि फुलखेति गर्दै आश्रमका बुवा–आमाको भ्रणपोषण र औषधि उपचार गरिरहेको छु । यही खेतिले धेरै हदसम्म आत्मानिर्भर र सहाराविहीन बुवा आमाको सेवामा सहयोग पु¥याएको छ,” उहाँले भन्नुभयो ।

प्रत्येक वर्ष फुलको लागि करोडौँ रुपैयाँ बाहिरिने गरेका छन् । नेपालको अधिकांश खेतबारी बाझै छ । लाखौँ युवाहरु विदेश पलायन भएका छन् ।
ती युवालाई प्रेरणा मिलोस् भनेर यसरी लागि परेको सेवा र कर्ममा लागि परेको उहाँ बताउनुहुन्छ।
“म यसैमा खुसी छु । आश्रमका बुवा आमासँगै तरकारी खेती र फुल खेति गर्ने गरेको छु । बारीको फुल टिपरेर बाटो घोटोमा बेच्छु,” दुर्गानाथले भन्नुभयो ।
हाल आश्रममा सहाराविहीन ५० जना बुबाआमा बस्दै आएका छन् । नवजीवनले सयौँको संख्यामा पशुपन्छीलाई पनि संरक्षण गर्दै आएको छ ।
नवजीवन परोपकार समाजको आश्रम तारकेश्वर नगरपालिका–७ फुटुङमा रहेको छ ।
फूल चाहिँएमा ९८५१०५९८९२ मा सम्पर्क गर्नुपर्नेछ । सटरमा लगाउने ५ वटा मालाको एक हजार रुपैयाँ भाईमाला प्रतिमाला १५० रुपैयाँ, किलोको ४०० देखि ५०० रुपैयाँ निर्धारण गरिएको उहाँले बताउनुभयो ।

