‘नवजीवन परोपकार समाज’को दोस्रो साधारण सभा

काठमाडौं- विगत केही वर्षदेखि निरन्तर सामाजिक कार्यमा व्यस्त सामाजिक संस्था ‘नवजीवन परोपकार समाज’ले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गर्ने भएको छ।

संस्था स्थापनाअघिबाटै सामाजिक कार्य गर्दै आएका सामाजिक अभियान्ता दुर्गानाथ दाहाल लगायतको पहलमा स्थपाना भएको संस्था हो, नवजीवन परोपकार संस्था, जसले असहाय, अपाङ्ग तथा साहाराबिहीन मानव तथा पशुपंछीहरूको उद्दार र उपचार र आश्रय दिदैं आएको छ।

विगत दुई वर्षअघि औपचारिक रूपमा स्थापना भइ हाल अहोरात्र सामाजिक कार्यक्रमा संलग्न संस्थाले आफ्नै पहल तथा विभिन्न स्तरको सहयोगमा आफ्नै भवन पनि निर्माण गरि सकेको छ।

संस्थाले गत वर्ष राष्ट्रिय नाच घर जमलमा आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको थियो। तर, यो वर्ष भने आफ्नै भवन निर्माण गरिएकाले तारकेश्वर नगरपालिका ७ फुटुङ स्थित ‘नवजीवन परोपकार ग्राम’मा दोस्रो साधारण सभा सम्पन्न गरिने संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले जानकारी दिए।

दाहालका अनुसार संस्थाको दोस्रो साधारण सभा यही फागनु १७ गते शनिबार बिहान सम्पन्न गरिने। त्यसका लागि संस्थामा आबद्ध सम्पूर्ण महानुभावलाई उपस्थितीका लागि आग्रहपनि गरिएको छ।

हाल संस्थाले १४ जना बृद्ध, मनोरोगी तथा दृष्टि विहिनहरूलाई आश्रय दिदैं आएको छ।