काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजको दोश्रो साधारण सभा सम्पन्न भएको छ।
विभिन्न समाजीक कार्यमा आवद्ध भएको उक्त संस्थाको साधारण सभाले दुर्गानाथ दाहाललाई निर्विराेध चयन गरेको छ। समाजका संस्थापक अध्यक्ष दाहाल पुन २ बर्षको लागी निर्विराेध चयन भएका हुन् ।
साधारण सभाले समाजको ग्राम निर्माण स्थल जग्गादाता राजु बस्नेतलाई प्रमुख संरक्षक अभिभावकको रुपमा घोषणा गरेको छ।
यस्तै सभाले पहिलेको कार्य समितिमा केही हेरफेर गर्दै ७ जना पदाधिकारीको समिति बनाएको छ ।
१ अध्यक्ष दुर्गानाथ दाहाल
२ उपाध्यक्ष राधेश्याम खड्का
३ महासचिव दिपकराज जोशी
४ कोशाध्याक्ष मिरा केशी
५ सचिव शान्ति तिवारी
६ सदस्य घमान तामाङ
७ सदस्य अजय अधिकारी (सुसिल)
यस्तै साधारण सभाले आगामी चैत्र २०,२१ र २२ गते विभिन्न समाजिक तथा धार्मिक कार्यक्रम गर्ने भएको छ।
उक्त कार्यक्रमसँगै समाजले आफ्नो ग्रामको उद्घाटन निर्णय समेत गरेको हो।
कार्यक्रममा जग्गादाता सहयोगी तथा विशिष्ट व्यक्तिहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिने छ ।
