काठमाडौं – सामाजिक संस्था नवजीवन परोपकार समाजले एक वृद्धलाई नि–शुल्क उपचार गराइदिने भएको छ ।
विगत ६५ बर्षायताबाट उनि रोगले थलिएका थिए ।
नुवाकोट घर भएका ७० बर्षका बृद्ध नकुल मिश्रलाई उपचार गरिने भएको हो । केही समयअघि मात्र सामाजीक सञ्जालमा उनको फोटो पोष्ट गरेपछि उनलाई उपचार गर्नको लागी आफुले सहयोग गर्ने प्लास्टिक सर्जन डाक्टर जस्वन शाख्यले बताएक थिए,।
उनको उपचारको लागी नवजीवन परोपकार समाज ।र उनको समस्या वारे जानकारी गराउने सितल पुडासैनि सहितको टोली उनको घर पुग्दा पारिवारिक छलफल गर्नु पर्ने बताएका थिए ।
उनको आफ्नै परिवार नभएतापनि उनि आफ्ना भाई भतिजाहरुसँग बस्दै आएका छन्।
५ बर्षको उमेरमा रोगले च्यापेपछि उनको उपचार भएको छैन रोगकै कारण उनले अबिबाहित जीवन व्यतित गरे।
अब भने उनको परिवारबाट प्रतिक्रिया आएपछि निशुल्क उपचार हुनेछ ।



