नवजीवन पराेपकार समाजले विपदकाे समयमा रक्तदान गर्दै

काठमाडौं– विगत लामो समयबाट समाजीक कार्यमा आवद्ध रहेको सामाजीक संस्था नवजीवन परोपकार समाजले आवस्यक परेको रक्तदान (ब्लर्ड डोनोसन) गराउने भएको छ ।

समाजका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार संस्थासँग हाल १८ बर्ष उमेर देखि ४० बर्ष उमेर सम्मका करिव ४० जना व्यक्तिहरु रक्तदानको लागी तयार रहेका छन् उनिहरुले आफ्नो ब्लर्ड गु्रपसँग मिल्ने रगत आवश्यक व्यक्ति सम्पर्कमा आएमा रक्तदान गर्नेछन् । हाल सम्ममा करिव १० देखी १२ जनालाई रक्तदान गरिसकेको दाहालले बताए ।

विषेशगरी उनिहरुले गरिब असाहय,तथा उपचार गर्न कठिन व्यक्तिहरुलाई प्रामिकतामा राख्नेछन् भने अत्यावश्क परेको खण्डमा जो सुकै व्यक्तीलाई पनि रक्तदान गर्ने संस्थाका अध्यक्ष दाहालले बताए ।

विश्वभरि नै महामारीको रुपमा रहेको कोरोना भाईरस कोभिड–१९ले देश लकडाउनमा परेका बेला कतिपय विरामीलाई रगत चाहिएपनि अस्पतालहरुसँग प्रशस्त रगत नहुँदा कतिपयको ज्याननै जाने अवस्थालाई मध्यनर गर्दै संस्थाले जुनसुकै अवस्थामा रगत दिन सक्ने उनले बताए ।