नवजीवनद्धारा ज्याला मजदुरी गर्ने १७ परिवालाई खाद्यान्न वितरण

काठमाडौं –  सामाजीक स‌ंस्था नवजिवन परोपकार समाजले खाद्यान्न वितरण गरेको छ । दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गर्दै आएका १७ परिवालाई उक्त खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले जानकारी दिए ।

बेलायत बस्दै आएकी समाजसेवी तथा नवजीवन परोपकार समाजकी सदस्य इसा गुरुङले पठाएको उक्त खाद्यान्न सामाग्री उनिहरुको घरमै पुगेर अवस्थालाई मध्यनजर गरी समाजले उक्त खाद्यान्न वितरण गरेको हो ।

उनिहरुको समस्या हेर्दा केही दिनबाट निकै नै अप्ठ्यारो परेको बुझिएको छ । एक केजी किन्ने,यताउताबाट मागेर खानु पर्ने स्थिति सृजना भएको समेत उनिहरुको गुनासो थियो ।

सेवा नै धर्म हो भन्ने हेतुले समाजले उक्त खाद्यान्न घर घरमा पुगेर वितरण गरिएको छ।