डिआइजी पोख्रेलसहितको टोलिद्धारा नवजीवनलाई खाद्यान्‍न सहयोग

काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजलाई महानगरीय प्रहरी नायव  महानिरिक्षक प्रमुख डिआइजी विश्वराज पोख्रेलसहितको टाेलिले नेपाल प्रहरीकाे तर्फबाट खाद्यान्न सामाग्री वितरण गरेको छ ।

सयाेगका क्रममा बाेल्दै पोख्रेलपले केही समयबाटै संस्थामा आएर केही सहयोग गर्ने तयारी गरिए पनि याे काेराेना भाइरसले देश विषम परिस्थितीमा गुज्रिरहेका समय मिलेकाेमा खुसी व्यक्त गरे।

उनले स‌ंस्थामा अन्य असहज परिस्थिती आइपरेमा आफुलाई सम्झन पनी आग्रह गरे।

यस्तै नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले पनी देशकाे यस्तो अवस्थामा खाद्यान्न तथा विभिन्न समाग्री प्रशस्त रुपमा नपाइरहेको बेलामा आश्रम सम्म आएर सहयोग गरिदिएकाेप्रति डिआईजी पोख्रेललाई धन्यवाद ज्ञापन गरे।

संस्थाले विगत २ बर्ष यताबाट देशका विभिन्न स्थानमा रहेका गरिब दु:खी पशुपंक्षी लगायत अप्ठ्यारोमा परेका प्राणिहरुको उपचार तथा उद्दार गर्दै आएको छ।