काठमाडौं – विश्वभर संक्रमणको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण वितग १० दिनबाट नेपाल लकडाउनमा छ।
सवै मानिस आ–आफ्नो घर तथा कोठालाई क्वारेन्टाइन बनाएर कोरोनाबाट बच्न विभिन्न उपायहरु अपनाइरहेका छन् । यता सडकपेटीमा रहेको प्राणि तथा मानिसको निटक भएर बाँचिरहेको उपत्यकाका विभिन्न स्थानका पशुचौपायहरुलाई खाना नहुँदा अझ धेरै व्यवारीसे बनिहरेका छन् उनिहरु भोकभोकै मर्ने स्थितिमा पुगेका छन्।
यसै विषयलाई मध्यनजर गर्दै समाजीक संस्था नवजीवन परोपकार समाजको आयोजनामा स्वयम्भु क्षेत्रका पशुपंक्षीलाई दाना पानी खुवाएको छ ।
विहिवार विहान नवजीवन परोपकार समाज, आसिका फाउण्डेसन र श्री कृष्ण प्रणामी युवा परिषदको संयुक्त टोली स्वयम्भु क्षेत्रमा पुगेर त्यहाँ रहेका बाँदर,परेवा,गाई कुकुर लगायतका पशुपंक्षीलाई खाना वितरण गरिएको नवजीवन परोकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले जानकारी दिए। दाहालका अनुसार खानामा चना,केराउ,दुध,बिस्कुट,केरा लगायतका खाने कुरा वितरण रहेका थियो।
विगत लामो समयबाट सामाजीक कार्य गर्दै आएको नवजीवन परोपकार समाजले हाल विभिन्न स्थानमा पुगेर गरिव दुखी तथा मजदुर गरेर जीवन विताइरहेका व्यक्तीहरुको अवस्थालाई मध्यनजर गर्दै खाद्यान्न वितरण गर्दै आएको छ।
