काठमाडौं – विगत दुई हप्ताबाट देश लकडाउनमा छ । चिनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वभरको स्थिति अस्तव्यस्थ बनेको छ।
सवै मानिस आ-आफ्नो घरमा क्वारेन्टाइन बसेका छन् । यसै विच सडकमा जिवन विताउनेहरु पनि आ-आफ्नै तरिकाले बसिरहेका होलान तर सडकमा मानिसको आवत जावत नहुँदा उनिहरुको दैनिकी भोकमरीमा रुपान्तण भएको छ । यस्तै ज्याल मजदुरी गरेर जिविको पार्जन गर्नेहरुको चुलो बन्द भइसकेको छ।
यसै कुरालाई मध्यनजर गर्दै वितग लामो समयबाट समाजिक कार्यमा अहोरात्र खटिरहेको सामाजीक संस्था नवजीवन परोपकार समाजले खाना वितरण सुरु गरेको छ ।
खास गरी काठमाडौंको मुख्य भिडभाडहुने क्षेत्र बसन्तपुर बौद्ध पशुपती बिरहस्पिटल लगायतका स्थानहरुमा खाना प्याकिङ गरेर सडकमा भोकभोकै जिवन विताइरहेका अपाङ्ग असक्त गरिव तथा विहान बेलुका छाक टार्न धौ धौ परिरहेका परिवालाई संस्थाले खाना वितरण गरेको संस्थाका अध्यक्ष दुर्गानाथ दाहालले बताएका छन् ।
दाहालका अनुसार प्याकिङ खाना मात्र होइन दैनिकी गुजार चल्न छाडेका कोठा भाडामा बस्ने घर परिवारको अवस्थालाई मध्यनजर गर्दै आवश्यक खाद्यान्न समेत संस्थाले वितरण गरिरहको छ।
संस्थाले सडकमा रहेका पशुपंक्षीलाई समते फलफुल तथा खाद्यान्न वितरण गरिरहेको छ ।
यस कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुनुहुने सम्पुर्णमा नवजीवन परोपकार समाज धन्यवाद ज्ञापन गर्दछ।






