ट्याक्टर दुर्घटनामापरि खुट्टा गुमाएका आसाराम ७ बर्षपछि खुसी

सात बर्ष अघि ट्याक्टर दुर्घटनामा परि खुट्टा गुमाएका आसाराम बास्कोटाको खुसी फर्कीएको छ।

गरिविका कारण उपचार गर्न नसकेपछि उनि बैसाखी टेकेर हिनडुल गर्दै आएका थिए उनले बैसाखीकै भरमा दुई वर्ष सम्म मागेर खाए ।

गत दुई बर्षबाट उनको अर्को खुट्टा पनि चलेन उनि घिस्रीदै मागेर खान थाले बनेपा (६,बुडोल स्थित कोठामा सानो बच्चा र श्रीमती सहित बस्दै आएका आएका छन्।

बैसाखीको साहारामा पनि हिंड्न नसक्ने अवस्थामा भएका उनलाइे सुजन भन्डारी भेटेर कुरा गर्दा आफुलाई धेरै नै गाह्रो भएको र ह्विल चियर भए सहज हुने कुरा उनले बताएपछि भण्डारीले सामाजीक अभियान्ता तथा नवजिवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाललाई खबर गरि समस्या बताएपछि दाहालले र नवजीवन परोपकार समाजकी आजिवन सदस्य सर्वश्री अधिकारीले आफ्नो तवरबाट सहयोगको अपिल गरे उनीहरुको अपिल सुन्ने एकमात्र कान बन्यो सागर गौतमको ।

गौतमले आफुले उनलाई सहयोग गर्ने भनेपछि हाल उनलाई ह्विल चियर वितरण गरिएको छ। ह्विल चियर पाएपछि आसाराम निकै खुसी छन्।

सागर गौतम र सहयोगी सम्पुर्णमा धन्यावाद दिन चाहान्छौ ।