आगलागीका कारण अस्ट्रेलियामा ५५ करोड बढी प्राणीको मृत्यु

दुर्गानाथ दाहाल/ सिड्नी- विगत केहि दिनबाट अस्ट्रेलियामा लागेको आगलागीबाट ५५ करोड बढी जनावारको मृत्यु भएको छ।

सिड्नी विश्वविद्यालयले बुसफायरमा लगभग ५५ करोड जीवजन्तु मरेको बताएका छन्। वर्ल्ड वाइल्ड फन्डद्वारा न्यु साउथ वेल्सको स्तनपायी जीवको घनत्वका आधारमा उक्त संख्या निर्धारण गरिएको हो।

‘साँच्चिकैको मृत्युदर योभन्दा धेरै हुनसक्छ,’ विश्वविद्यालयले एक विज्ञप्तिमार्फत् जनाएका छन्। ती जीवजन्तु डढेलो वा खानपिनको कमीले वा मांसाहारी जीवको शिकार भएको हुनसक्ने जनाइएको छ।

यस संख्यामा कीटाणु, चमेरो वा भ्यागुतो आदिको कुनै उल्लेख छैन र यो संख्या न्यु साउथ वेल्स राज्यको मात्रै हो।

भिक्टोरिया, क्वीन्स्ल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया र तास्मानियाको डढेलोमा भएको मृतक जीवजन्तुको संख्या भने यकिन भइसकेको छैन।
अस्ट्रेलिया महाद्वीपभर ३०० भन्दा बढी स्तनधारी प्रजाति रहेका छन्।
यस्तै आगलागीका कारण १० जना भन्दाबढी व्यक्तीको मृत्यु भएको अस्ट्रेलिया बस्नु हुने सोवान चौलागाईले बताए।

आगलागीका कारण विभिन्न सहरका विद्यालय, सरकारी कार्यालयहरु अनिस्चितकालीन बन्द भएको अस्ट्रेलियाको क्यानवेरामा बस्नु हुने बाशुदेव ढकालले जानकारी दिएका छन्।

उनका अनुसार धुवाँको कारण कोठामा पनि बस्न सक्ने अबस्था छैन, धुँवाको कारण आँखा पोल्ने स्वास प्रस्वासमा अप्ठ्यारो भएको उनको भनाई छ।
आगलागी को कारण १००० हेट्रर बन तथा लाखौ घरहरु जलेका छन्।

नेपाली समाज अस्ट्रेलिया ले पनी आगलागीका पिडित लाई खाद्यान्न सामाग्री तथा अन्य सामाग्री बितरण गरिएको बिनोद शर्माले बताएका छन्।