काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजलाई हिमालयन बैंक लिमिटेडले आर्थीक सहयोग गरेको छ ।
हिमालयन बैंक लि. परिवार, केन्द्रीय कार्यालय कमलादी,काठमाडौं,बाट जि एम श्री सुशील जोशी, अधिकृत श्री सुदिप जोशी तथा श्री संसार महर्जनको उपस्थितिमा नवजीवन परोपकार समाजलाई रु ५०,००० अक्षरेपी (पचास हजार)नगद सहयोग गरेको छ । नवजीवन पराेपकार समाज ग्रामकाे प्राङ्गणमा भएकाे उक्त कार्यक्रममा नवजीवनको तर्फवाट सह्दय सादुवाद संस्थाका काेषाध्यक्ष राधे खड्का सदस्य मिरा केसी लगायत अन्य पदाधिकारीकाे उपस्थित थियाे ।

विगत २ बर्षबाट सामाजीक कार्यमा अहोरात्र खटिएको संस्थाले सडकमा वेबारिसे मानिस,पशु प्राणि, लगायतका विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई उपचार तथा स्थानान्तरण गरि परिवारसँग पुनरमिलान गराउदै आएको छ ।
हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा न. ७ मनमैजुमा आफ्नै ग्राम निमार्ण गरि वृद्ध वृद्धलाई सेवा गर्दै आएको छ ।
हिमालयन बैंकको सयहोगलाई संस्थाले धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको छ ।
