नवजीवन ग्रामका लागि ज्योती विकास बैंकको वासिङ मसिन सहयोग

काठमाडौं- सामाजिक संस्था ‘नवजीवन परोपकार समाजलाई’ ज्योती विकास बैंक काठमाण्डौले वासिङ मसीन हस्तातरण गरेको छ।

संस्थाको अवस्थालाई मध्यनजर गर्दै बैंकले उक्त मसिन हस्तान्तरण गरेको समाजका अध्यक्ष दर्गानाथ दाहालले जानकारी दिए।

नवजीवन परोपकार समाज र ‘१०० ग्रुप’को संयुक्त पहलमा बैंकका सिइओ मनोज कुमार ज्ञवाली, डिजिएम सुशिलकमाुर शर्मा र साखा प्रबन्धक रोसन थापाको उपस्थितिमा उक्त सहयोग प्रदान गरिएको हो।

काठमाडौंको तारकेश्वर नगरपालिका ७ फुटुङमा रहेको संस्थाका लागि बैंकले १२ केजी क्षमाताको मसिन हस्तान्तरण गरेको हो।

बैंकको उत्तरदायीत्व फण्डबाट खरिद गरी यस संस्थाका सचिव दिपकराज जोशी, कोषाध्यक्ष राधेश्याम खड्का सामाजिक अभियन्ता बब्लु गुप्ताले उक्त मसिन हस्तान्तरण गर्नु भएकोमा नवजीवन परोपकार समाज सबै प्रति कृतज्ञ छ।