काठमाडौं – समाजिक संस्था नवजीवन परोपकार समाज , १०० ग्रुप, हेममाया फाउन्डेसन र विभिन्न सञ्चार माध्यममा आबद्ध नेपाल भारत सिमा क्षेत्रमा पुगेर तारजाली लगाएको छ।
नेपाल भारत सीमा विवाद चर्किरहेका बेला सामाजिक अभियान्ताहरु मिलेर यस्तो कार्य गरेका हुन्। प्रदेश १ अन्तर्गत महोत्तरी जिल्लाको सम्सी सिमा क्षेत्रमा दुई संस्थाका सदस्यहरूले नेपाली झण्डा फहराउदै तार जाली समेत लगाएका हुन्।

नवजीवन परोपकार संस्थाका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार भारतीय सुरक्षाबलको अबरोधका बीच नेपाली भुमि मिच्न नदिन यस्तो कार्य गरिएको हो। अभियान्ताहरुले यो काम भलै सानो भएपनि राज्य स्तरलाई सीमा सुरक्षाका लागि गम्भिर भएर सिमा अतिक्रमणमा सजकता अपनाउन सचेतना कार्यक्रम स्वरुप तारजाली लगाईको अध्यक्ष दाहालको भनाई छ।
पछिल्ला दिन नेपालका पश्चिम उत्तरी क्षेत्रका कालापानि, लिम्यिाधुरा र लिपूलेक लगायत नेपालको भू–भागक भारतले आफ्नो नक्सामा पारे पछि विवाद चर्कदै आएको छ। जसले उक्त क्षेत्रमा मात्र नभएर देश भरकै सिमा क्षेत्रमा नेपाल सरकार र नेपाली जनता चनाखो हुनु पर्ने अवस्था सृजना भएको छ।

