काठमाडौं- राष्ट्रिय पोशाक संरक्षण महा–अभियान नेपालद्वारा सामाजिक अभियान्ता तथा नवजीवन परोपकार समाजकी संस्थापक श्री मिरा केसी सम्मानित भएकी छन्। नेपाली सेनाका पूर्वसेनापति रुक्माङ्गद कटवालको प्रमुख आतिथ्यता तथा जरोकिलो अभियानका अभियन्ता डा. गोविन्द शरण उपाध्यायको विशिष्ट आतिथ्यता सम्पन्न समारोहका बीच अभियान्ता केसी सम्मानित भएकी हुन्।
समाजमा विभिन्न परिवर्तनसिल कर्मकासाथ टेवा र्पुयाएको भन्दै महा–अभियान नेपालले केसी सहित १० जना अभियन्ताहरूलाई सम्मान गरेको हो। केसी विगत लामो समययता नर्सिङ पेशासँगै सामाजिक कार्यमा कर्मशिल सामाजिक अभियान्ता हुन्।
सडक पेटीमा रहेका असक्त, असहाय, अपांग तथा बिरामीहरूको उपचार र उद्धारमा लामो समयबाट सक्रिय समाजसेवी हुन् अभियान्ता केसी।
संरक्षण महा–अभियान संस्थाले केसी जस्तै स्वास्थ्य, वातावरण, र समाज निर्माणमा टेवा पु¥याइरहेको विभिन्न १० अभियन्तालाई एक साथ सम्मान गरेको हो।
समारोहमा केसी सहित स्वास्थ्य क्षेत्रबाट ग्रिन सिटी अस्पतालका सञ्चालक लोक बहादुर टन्डन, सामाजिक रूपमा सक्रिय कृष्ण कँडेल, वातावरण संरक्षण अभियानका आमोश चौधरी, सामाजिक अभियन्ता शिशिर भण्डारी, भाग्य न्यौपाने, नेपालको राम, अर्जुन भुसाल, १०० ग्रुप, तथा यम श्रेष्ठलगायत सम्मानित भए।
सम्मान समारोहमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्का, वानेश्वर व्यापार ब्याबसायी सङ्घका अध्यक्ष रामशरण गिरीलगायतको उपस्थिति थियो।
