काठमाडौं- दुई वर्ष अघि रत्नपार्क नजिकै कानमा घाउभई कुहिएको अबस्थामा भेटुनु भएकी माया चालिसे नाम गरेकी महिलालाई नवजीवन परोपकार समाजले पुनः उनलाई परिवारसँग पुर्नः मिलन गराएको छ।
कानमा घाउभएर समस्यामा परेका बेला नवजीवन परोपकारका अध्यक्ष दुर्गानथा दाहार मानव सेवा आश्रमको संयुक्त पहलमा महिलाको उद्धार र उपचार पश्चात ‘मनाव सेवा आश्रम’मा राख्ने व्यवस्था मिलाइएको थियो।
तर, विशेष कारणवस उहाँ उक्त संस्थाबाट भागेर अन्यत्र गएको र पुनः सडकमै पुगेको खवर प्राप्त भयो। दुई हप्ता अघि एक महिला सडकमा अलपत्र रहेको खवर प्राप्त भएको थियो। सोही खवर पस्चात नवजीवन परोपकार समाजले महिलालाई ग्राण्डी अस्पताल नजिकैबाट दुई हप्ता अघि संस्थामा ल्याएको थियो।
सोही क्रममा केही दिन अघि समाजिक सञ्जाल मार्फत महिलाको परिवारकाे खोजी कार्य सुरु गरिएको र शान्ति गृह तिलगंगामा उहाँको श्रीमान र तीन वर्षिया छोरी हुनुहन्छ भन्ने खवर प्राप्त भएको थियो। उक्त खवरका आधारमा महिलाका श्रीमान हनुमान चालिसे स्वयंमलाई नवजीवन परोपकार समाज तारकेश्वर फुटुङमा बोलाई अलपत्र महिला (माया चालिसे) लाई परिवारसँग पुर्नः मिलन गराईएको हो।

आजबाट उक्त महिला र उहाँको परिवारको संरक्षण शान्ति गृह तिलगंगाले गर्ने छ।
भिडियाे
