१४ वर्ष देखि दाम्लोले बाँधिन बाध्य कैलाली लम्किकी डंगोरा उपचारका लागि कठमाडौंमा

काठमाडौं- बौद्धिक अपांग  कैलालि लम्किकी बेफनिया डंगोरालाई नवजीवन परोपकार समाजले उपचारका लागि काठमाडौं ल्याइएको छ। विगत १४ वर्षयता बौद्धिक अपांगताकै कारण आफ्नै घरमा पशु सरह दाम्लोले बाँधिएर बस्न बाध्य डंगोरालाई उपचारका लागि काठमाडौं ल्याइएको हो।

डंगोरालाई सामाजिक अभियान्ता जनक सुनार, प्रतिभा खड्का, रामदत्त जोशी, सञ्चारकर्मी एच बि ताम्राकार र संस्थाकी संस्थापक मिरा केसीको अग्रसरतामा काठमाडौं ल्याइएको हो। डंगोरालाई काठमाडौंमा उपचारका लागि ल्याइएको र उपचार पछि पुनः कैलाली नै पुर्याउने संस्था र उपचार अभियान्ताको योजना छ।

‘संस्थासहित सामाजिक अभियान्ताको सहयोगमा डंगोरालाई उनको पारिवारीक अवस्था र उनको जीवनयापनलाई मध्यनजर गरेर उपचारका लागि काठमाडौं ल्याएको र उपचार सम्भव हुनसाथ पुनः घरपरिवारकासाथ कैलाली नै पु¥याउने योजना छ।’ संस्थाको संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले बताए।

डंगोराको उपचार प्रक्रिया सुरु भएको र जसका लागि हालसम्म एनआरएन यशु थापाको सहकार्यमा रु २५ हजार संकलन भइसकेको छ। र, थप उपचार खर्चको पनि आवश्यकता परेको हुनाले सहयोगी मनले डंगोराको उपचारमा संलग्न प्रतिभा खड्कालाई सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ।