नवजीवन ग्राममा पूर्व डिआइजी रमेश खेरल, निखिल उप्रेती सहितकाे सामुहिक दसै‌ं टीका

काठमाडाैं- रमेश खरेलका साथमा नवजीवन ग्राममा दसैं टीका काठमाडौं सामाजिक संस्था नवजीवन परोपकार समाजले सामुहिक शुभकामना तथा दसैं टीका लगाउने कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार अर्थात्, दसैंको अन्तिम दिन  पूर्व प्रहरी नायव महानिरिक्षक रमेश प्रसाद खरेल, पूर्व डिएसपी कृष्ण शिवाकोटी, अभिनेता निखिल उप्रेती, मदन कृष्ण शर्मा प्रमुख संरक्षक लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

विगत लामो समययता समाजिका कार्यमा सक्रिय संस्थाले अशक्त, असाहाय, अपांग तथा साहारा विहिन मानव र पसुपंछीहरूको उद्धार/सहयोग गर्दै आएको छ। सोही क्रममा संस्थाले आफ्नै स्थायी भवनको आवस्यकता अनुसार हालै काठमाडौं मनमैजु स्थित फुटुङमा नयाँ भवनको निमार्ण कार्य गरिरहेको छ।

उक्त निर्माणाधिन भवनमै संस्थाले पहिलो पटक आइतबार शुभकामना तथा सामुहिक टीका लगाउने कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा हाल संस्थामा रहेका ९ जना बृद्ध÷बृद्धा तथा साहारा बिहिन आमा बुबा, संस्थाका पदाधिकारी, पत्रकार र सहयोगी दाता तथा अन्य व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो।

भिडियाे