काठमाडौैं – नवजीवन परोपकार समाजले एक ८० बर्षिय बृद्धको उद्धार गरेको छ । दृष्टि बिहिन वृद्ध ८० बर्षिय धावा धोर्जे लामालाई काभ्रे नगरकोट नयाँ गाउँ बाट उद्दार गरेर तारकेश्वर नपा ७ फुटुङ काठमाडौं नवजीवन ग्राममा पुर्याएको छ ।
२५ वर्षको उमेरमा पुर्णरूपले आँखा नदेख्ने गरि बिग्रिएका लामा बाटोमा मागेर खाने गर्थे एक बर्ष अगाडी ट्याक्टर दुर्घटनामा खुट्मा पनि नचल्ने भएपछि उनि बाटोमा घस्रियर हिड्ने र मागेर खाने गर्थे ।
एक दिन उनी एक खाल्डोमा परेका थिए उक्त समयमा उनलाई निकाल्ने कोही नभएका बेला दयालु मनकि धनी स्वयम् सेवीका सिता लामा ज्युले उनलाई उद्धार गरेर आफ्नो पसलमा राखेकी थिइन् ।
तर उनले त्यो पसलमा राखेपछि उनीलाई गनायो भनेर ग्राहक आफ्नो पसलमा नआएको बताउछिन् सिता । नुवाई धुवाई गरेपछि खान दिए पछी हल्का हिड्न थाल्नु भयो उहाले बहिनि समाजसेवी गोमा लामा नवजीवन परोपकार
समाजको आजीवन सदस्य समेत भएका कारण उनलाई संस्थाले उद्धार गरी आश्रममा ल्याएर गाँस बाँस कपासको सुविधा दिएको छ ।
