काठमाडौं – बनेपामा स्थापना भएको दिननाथ स्मृती प्रतिष्ठान कपडा बैंकको बनेपा प्रहरी कार्यलयबाट अवलोकन भएको छ ।
काभ्रे ट्राफिक प्रहरी प्रमुख दामोदर सिलवाल बनेपा इलाका प्रहरी कार्यालयका प्रमुख निरन्जन भट्टराई,काभ्रे प्रहरी प्रमुख तथा एस पी जयराम सापकोटाले उक्त कपडा बैंकको अवलोकन गरेका हुन्।
भिडियाे –
उनले यस्तो सामाजीक कार्यलाई सहयोग गर्ने यस कामले धेरैनै प्रभावित बनाएको बताएका छन् भने यस्तो कार्यमा सहयोग गर्न तयार रहेको उनको भनाइ रहेको थियो । यस्तै उनले यदि कपडा राख्नको लागी कतै स्थान नभए प्रहरी कार्यालयको कुनै एक कोठामा राख्न सहयोग गर्ने समते बताएका छन् ।

यो नवजीवन परोपकार समाजको नाम सुनेको तर आज मात्र काम देख्ने मौका मिलेको र समाजका अध्यक्ष दुगानाथ दाहाललाई भेट्न पाउदा आफु खुसी भएको बताएका छन् ।
उक्त कपडा बैंकमा ईश्वर दुलाल,विष्णु खड्का स्थानिय समाजसेविहरु त्यस्तै विभिन्न स्थानबाट कपडा बैंकमा कपडा राख्न तथा लानको आउनेहरुको घुइँचो रहेको थियो ।

विगत समयबाट नै सामाजीक कार्यमा सक्रिय नवजीवन परोपकार समाजले विभिन्न स्थानमा कपडा बैंक खोल्दै आएको छ,भने सडक पेटीमा बेवारिसे अवस्थामा रहेका प्राणिहरुको उद्धार तथा उपचार गर्ने गरेको छ । हाल यो संस्थाले
गरिव तथा सडकपेटीमा भेटिएका बृद्ध बृद्धा केटाकेटी अपाङ्ग असक्त लगायतका व्यक्तिहरुलाइ राख्नको लागी नवजीवन ग्राम (आश्रम) निर्माण गरेकाे छ ।
