काठमाडौं – नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले आफ्ना पिता दिननाथ दाहालको सम्झनामा काभ्रे जिल्लाको बनेपा नगरपालीकासंगै बसपार्कमा कपडा बैंकको स्थापना गरेका छन् ।
विगत समयबाटनै सामाजीक कार्यमा खटिरहेका दाहालले असाहय, गरिव दुखीलाई लक्षित गरि उक्त बैंकको स्थापना गरेका हुन्। उक्त कपडा बैंक बनेपा निवासी सर्वश्री अधिकारीको अगुवाईमा स्थापना भएको हो ।

अधिकारी नवजीवन परोपकार समाजकी आजिवन सदस्य समेत रहेकी छन् । जिल्लाको बनेपा नगरपालिकाको कार्यालय नजिकै राखिएको कपडा बैंकबाट कपडा आवश्यक हुनेले निःशुल्क लिन सक्ने व्यवस्था गरिएको छ। यस्तै कोहि
कसैले प्रयोग गर्न मिल्ने (पुरानो तथा नयाँ) कपडा दिन इच्छुकले उक्त स्थानमा लगेर राख्न समेत सक्ने गरि व्यवस्था गरिएको संस्थापक दुर्गानाथ दाहालले बताएका छन् ।

‘दिनदिनै कपडाको चाप बढ्यो तर लाने मान्छे कम भएको खण्डमा प्रयोग गर्न मिल्ने राम्रा कपडाहरु विभिन्न आश्रम, प्राकृतिक प्रकोपको विपती परेका स्थान आदिमा पु¥याउने बताइएको छ।
सर्वश्रीका अनुसार प्रयोग गर्न नमिल्ने कपडाहरु कपडा बैंकमा जम्मा भएमा ती कपडाहरुलाई पुन निर्माण गरि विभिन्न लगाउने कपाडा तथा डस्ना बनाउने बताइएको छ। लाने मान्छे धेरै तर बैंकमा कपडा कम जम्मा भएमा अन्य ठाउँमा भएका कपडा बैंकसँग सहकार्य गरी आवश्यकतालाई पूरा गर्ने उनले बताईन् ।

कपडा बैंक बनेपामा राखेपछि कपडा पु¥याउन आउने र छानेर लानेको भिड नै लाग्न थालेको छ । उद्घाटनकै दिन पनि चाहलपहल निक्कै नै थियो।
यस्तै कपडा बैंक काठमाडौं,ललितपुर, भक्तपुर,दाङ,चितवन, लगायतका देशका विभिन्न स्थानहरुमा स्थापना कार्य भइरहेको छ ।
