CNN हिरो अनुराधा कोईरालाको हातबाट सामाजिक अभियन्ता दुर्गानाथ दाहाल सम्मानित

काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल सम्मानित भएका छन् ।

आफ्नो व्यक्तिगत जीवनलाई विर्सिएर अन्र्तराष्ट्रिय स्थरमा पुगेको आफ्नो व्यवसाय त्यागेर सामाजीक काममा अहोरात्र खटिरहेको दाहाललाई सुनौलो पाइला सामाजीक सञ्जाल बाल आश्रमकाे बार्षिक उत्सवको अवसरमा उनलाई सम्मान गरिएको हो ।

सि एन एन हिरो अनुराधा कोइराला  तथा सुनाैलाे  पाइलाकी सञ्चालक राेज बिष्टको हातबाट उनि सम्मानित भएका हुन् । कार्यक्रममा मा प्रमुख अथिति प्रदेश सरकार प्रमुख तथा माईति नेपालको संस्थापक अध्यक्ष कोइराला तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको थियो ।

सम्मानित दाहाल हाल पुर्ण रुपमा समाजीक सेवामा लागेका छन् । सडक पेटीमा अलपत्र तथा रोगी,मनोरोगी लगायतका मानिस, सडकमा अलपत्र विरामी पशू चौपाय,चराचुरुङ्गी लगायतको उपचार गरी विभिन्न स्थानमा स्थानान्तरण गरेर र मानिसलाई भने नवजीवनको नव निर्मीत नवजीवन परोपकार समाजको ग्राम (आश्रम)मा लगेर गाँस बाँस कपासको व्यवस्था गरीरहेका छन् ।

यस्तै कार्यक्रममा अन्य धेरै व्यक्ति सम्मानित भएका छन् । राम्रो काम गरेको समाजीक कार्यमा आवद्ध तथा विभिन्न स्थानबाट सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।