बुवाको पुण्य तिथिमा लिलाले गरिन नवजीवन परोपकार समाजलाई आर्थीक सहयोग

काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाललाइ आर्थी सहयोग प्राप्त भएको छ ।

संस्थाको काठमाडौं तारकेश्वर नगरपालीका वडा न ७ मा निर्माणाधिन भवन (आश्रम) निर्माणको लागी झापा घर भई हाल अमेरिका बस्दै आएका लिला गौतम आचार्यले आफ्ना स्व. पुष्पराज गौतमको पुन्य तिथिको अवशरमा रु ११,१००।– अक्षरेपी एघार हजार एकसय रुपैया संस्थालाई सहयोग गरेकी हुन् । केहि अघि मात्र स्नेही काखमा रहेका आमा बुवा तथा बालबालीकालाई भोजन समेत गराएकी थिइन् । उनको यो सहयोग प्रति नवजीवन परोपकार समाज धन्यवाद ज्ञापन गर्दछ ।

सडकपेटीमा बेवारिसे अवस्थामा रहेको मानिस,गाई,गोरु,कुकुर, तथा पशुपंक्षीको उपचार तथा स्थान्तरण गर्दै आएको सामाजीक संस्था नवजीवन परोपकार समाजले हाल काठमाडौंको तारकेश्वर नगपालीकामा आफ्नै भनव निर्माण गरिरहेको छ । उक्त भवन निर्माण सम्पन्न पश्चात संस्थाले उपचार गरेका मानिस तथा पशुपंक्षीलाई त्यही लगेर खाना, नाना तथा छानाको व्यवस्था गर्ने संस्थाका पधादिकारीले बताएका छन् ।