काठमाडौं– नवजीवन परोकार समाजको बन्दै गरेको भवन निर्माणको सेवालाइ थप सरल बनाउने उद्धेश्य राखी स्याङ्जा घर भइ हाल जापानमा निवासी श्री रेशम पाण्डेज्युको पहलमा जापानबाट ६७ हजार सहयोग रकम प्राप्त भएको छ ।
१). श्री लक्ष्मण लोहनीज्यु , बाग्लुङ रु. १०१११।( रुपैयाँ २). श्री मनोज सापकोटाज्यु, गैडाकोट चितवन रु. १११११ रुपैयाँ ३). श्री खगेन्द्र सापकोटाज्यु , चितवन रु. ५१११ रुपैयाँ ४). श्री पदम बाहादुर थापा बाग्लुङज्यु रु. १०१०० रुपैयाँ ५).श्री कृष्ण प्रसाद देवकोटाज्यु, पोखरा रु. १०१०० रुपैयाँ ६). श्री धनपति देवकोटाज्यु, पोखरा रु.५२०० रुपैयाँ ७). श्री कृष्ण घिमिरेज्यु , गुल्मी रु. १०००० रुपैयाँ ८). श्री अर्जुन सापकोटाज्यु, चितवन (लखु रु ५५०० रुपैयाँ सहयाेग गरेका हुन् ।
यसरी आफ्नो जन्मभुमि भन्दा बाहिर कर्मभुमि जापानमा बसेर पनि आफ्नो प्राण भन्दा प्यारो आफ्नो जन्मेको ,हुर्केको र बढेको,पढेको देशमा कोही पनि व्यक्तिहरु दुख पाएर बस्न नपरोस,एक गाँस खाना अनि ओत ढाक्ने ठाउँबाट बन्चित हुन नपरोस भन्ने पबित्र सेवाको भावना राखी आफ्नो इच्छा र चाहनालाई एकातिर थाती राखी पशु प्राणी अनि मानवहरुको सेवा गर्ने उद्देश्यले अब चाडै सुरु हुन लागेको नवजीवन परोपकार समाजको कार्यमा सहयोग पुर्याउनु भइ धेरै नै ठूलो पुण्यको कार्य गर्नु हुने सहयोगी मनहरुको हामी उच्च सम्मान गर्दछौ।
उहाँले पुन पनि सहयोगको लागी जापनमा अभियान गर्नुे हुनुभएकोले जापनमा रहनुभएका सम्पुर्ण नेपालीले यदि सहयोग गर्न चाहानुहुन्छ भने, रेशम पाण्डेसँग सम्पर्क गर्न सक्नुहुने छ ।
