नवजीवन परोपकार समाजद्धारा वृक्षाराेपण

काठमाडौं – विश्व वातावरण दिवसको अवशरमा सामाजीक संस्था नजीवन परोपकार समाजले नवजीवन ग्राममा वृक्षारोपण कार्यक्रम गरेको छ ।

करिव १५० वटा धुपी सल्लो,रुद्राक्ष,बुद्धचित्त,स्याउ, नासपाति, आप लगायतका बोट विरुवा रोपिएको हो । काठमाडौं तारकेश्वर नगरपालीका वडा नं ७ का वडाध्यक्ष सानुकाजी खत्री, उक्त जग्गाका जग्गा दाता माधव बस्नेत, कालकार आसिका तामाङ, स्थानिय महिला समुह, स्थानियबासी  100’s groups,समाता स्कुल बौद्ध र ह्याप्पी किन्ड्स मन्टेश्वरीका विद्यार्थी तथा नवजीवन परोपकार समाजका पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

शंखमुलमा रहेको न्यु सन नर्सरीका सञ्चालक सुमन श्रेष्ठले ३५ हजार बरावरको उक्त विरुवा उपलब्ध गराएका थिए भने कविर समाज झम्सीखेल परिवारले पनि विरुवा प्रधान गरेको थियो ।

सम्पुर्ण विरुवा प्रधान गर्नुहुने विरुवा रोपणमा सहयोग गर्नुहुने प्रति नवजीवन परोपकार समाज हार्दीक धन्यवाद प्रकट गर्दछ ।

वृक्षाराेपणका केहि तस्विरहरु –