काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजको भवन निर्माणको लागी सहयोग प्राप्त भईरहेको छ।
यस क्रममा कतार बस्दै आउनु भएका मीलन थापाले नवजीवन परोपकार समाजको कार्यलाई सम्मान गर्दै संस्थाको भवन निर्माणको लागी आर्थीक सहयोग गर्नुभएको छ ।
थापाले समाजलाई ५१ हजार रकम सहयोग गर्नु भएको हो । उहाँले यसअघि पनि ५० हजार सहयोग गर्नुभएको थियो ।
करिव १५ दिनको अन्तरालमा गरेको यो सहयोग प्रति संस्था अत्यन्तै आभारी छ । उहाँले आगामी दिनमा पनि सहयोग गर्ने बताउनु भएको छ ।
सडकपेटीमा बेवारिसे अवस्थामा रहेका प्राणिहरुको उपचार तथा उद्धार गर्दै आएको नवजीवन परोपकार समाजले हाल काठमाडौंको तारकेश्वर नगरपालीका वडा नं ७ मनमैजु फुटुङमा नवजीवन परोपकार आश्रम (भवन) निर्माण गरिरहेको छ ।
सहयोगी मनहरुका कारण संस्थालाई अझधेरै काम गर्ने प्रेरण समेत मिलेको छ सवै सहयोगी प्रति नवजीवन परोपकार समाज धन्यवाद प्रकट गर्दछ ।
सेवा नै मानवको धर्म हो ।
यदि तपाँइ पनि सहयोग गर्न चाहानुहुन्छ भने तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ ।
अध्यक्ष दुर्गानाथ दाहाल सम्पर्क नम्बर – 9851059892
