काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजको भवन निर्माणको लागी आर्थीक सहयोग प्राप्त भएको छ ।
सडकपेटीमा बेवारिसे अवस्थामा रहेको मानिस,गाई,गोरु,कुकुर पशुपंक्षी लगायतका प्राणिहरुको हितको लागी अहोरात्र खटिरहेको संस्था नवनजीवन परोपकार समाजलाई अमेरिका निवासी समाजसेवी हेम थापा तथा माया थापाका १६ बर्षिय सुपुत्र विलकिन्टन थापाले आफ्नो जिन्दगीको पहिलो कमाईको ५५ हजार समाजको भवन निर्माणमा हस्तान्तरण गरेका हुन् ।
समाजले काठमाडौंको तारकेश्वर नगरपालीका वडा ७ मनैमैजु फुटुङमा नवजीवन परोपकार आश्रम (भवन) निमार्ण गरिरहेको छ ।

सेवा नै मावनको धर्म हो ।
यदि तपाइ पनि सहयोग गर्न चाहानुहुन्छ भने निम्न नम्बरमा सम्र्पक गरि सहयोग गर्न सक्नुहुनेछ ।
दुर्गानाथ दाहाल अध्यक्ष नवजीवन पराेपकार समाज फाे नं 9851059892
