नवजीवन परोपकार समाजको भवन निर्माणको लागी इजराईलबाट पवित्रा गौतमको १८ हजार सहयोग

काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजको भवन निर्माण कार्य भइरहेको बेला विभिन्न संघ संस्था तथा व्यक्तीबाट सहयोग प्राप्त भइरहेका छ।

यसै क्रममा इजराइल बस्दै आउनु भएकी समाजसेवी पवित्रा गौतमले संस्थाको भवन निर्माण कार्यमा आर्थीक सहयोग गर्नु भएको छ ।

गौतमले बुद्ध जयन्तीको अवशरमा पत्रकार गंगा गुरुङ मार्फत रु १८ हजार रकम सहयोग गर्नु भएको थियो । तर प्राविधक कारणले गर्दा यो समाचार केहिदिन ढिला भएकोमा नवजीवन परोपकार समाज परिवार क्षमा चाहान्छ ।

विगत केहि समयबाट सडकपेटीमा बेवारिसे अवस्थामा रहेका मानिस, गाई,गोरु,कुकुर, विभिन्न पंक्षी लगायतको उद्धार तथा उपचार संथाले गर्दै आएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालीका वडा नं. ७ मनमैजु फुटुङमा निर्माणाधिन अवस्थामा रहेको उक्त भवन निर्माण सम्पन्न पश्चात भने सस्थाले बेवारिसे मानिस तथा पशु पंक्षीलाई उक्त भनवमा सेवा प्रधान गर्ने छ ।

सहयोगी मनहरुमा नवजीवन परोपकार समाज नमन गर्दछ ।

र अझ यस्तै सहयोगको अपेक्षा समेत गर्दछ ।

सेवा नै मावनको धर्म हो ।