काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजको भवन निर्माणको लागी कास्की पाेखराकी शर्मिला लामा ज्यूले रु दश हजार सहयाेग प्रधान गर्नु भएकाे छ।
नवजीवन परोपकार समाजकाम मन परेकाे र आगामी दिनमा पनी यस्तै सहयोगी भुमिका खेल्ने बताउदै लामाले संस्थाकालागि उक्त रकम सहयाेग गरेकाे बताउनु भयाे।
केहि समयबाट सडकपेटीमा अलपत्र अवस्थामा रहेका मानिस ,गाई, गोरु, कुकुर,विभिन्न पंक्षी लगातयका प्राणिहरुको उपचार तथा उद्धार गर्दै आएको सामाजीक संस्था नवजीवन परोपकार समाजले हाल काठमाडौंको तारकेश्वर
नगरपालीका वडा नं.७ मनमैजु, खुलालटारमा नवजीवन ग्राम निर्माण गरिरहेको छ ।

निर्माणधिन उक्त भवन निर्माण सम्पन्नपछि ति सडकमा जीवन विताइरहेका प्राणिहरुलाई उद्धार गरि उक्त भवनमा स्थानान्तरण गरि गाँस, बास,कपास तथा मनोरञ्जनको सेवा प्रधान गर्ने छ ।
सहयोगी शर्मिला लामा ज्यूलाई नवजीनव परोपकार समाजको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहान्छौ ।
सेवा नै मानवको धर्म हो ।
