नवजीवन परोपकार समाजलाई बसन्त चौधरी फाउन्डेसनकाे ३ लाख सहयोग

काठमाडौं– बसन्त चौधरी फाउन्डेसन द्धारा नवजीवन परोपकार समाजालाई तीन लाख सहयोग प्राप्त भएको छ। समाजको वृद्ध आश्रमको एउटा कोठा निर्माणकालागि फाउन्डेसनले तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

समाजको सकारात्मक सोच र दुःखमा परेका मानव र प्राणिहरुको उपचार र उद्धारकार्यको प्रशंसा गर्दै फाउण्डेसनले उक्त रकम हस्तान्तरण गरेको हो। चौधरी फाउन्डसन पनि विगतका बर्षहरुबाट सामाजिक काममा सक्रिय रहेको छ।

फाउन्डेसनका अधक्ष्य बसन्त चौधरी र उनकी सुपुत्री तथा नर्भिक अस्पतालकी निर्देशक, नवजीवन परोपकार समाजकी संरक्षक मेघा चौधरीको हातबाट नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल र सदश्य नेहा शर्माले उक्त सहयोग रकम बुझेका हुन्।

निरन्तर रुपमा दिन,दुःखी, उपचार नपाएर सडकमा छटपटाइरहेका मानव तथा प्राणिहरुको निशुल्क उपचारमा सक्रिय हाम्रो संस्थाका लागि फाउण्डेसनले पर्याएको सहयोगप्रति नवजीवन परोपकार समाज आभार प्रकट गर्दछौं। साथै नवजीवन परोपकारसँग पत्यक्ष र अप्रत्यक्षरुपमा जोडिनु भएका महानुभाव हरुमा पनि हाम्रो संस्था अभार प्रकट गर्दछ। सेवा नै धर्महो भन्ने मूल मन्त्रका साथ अघिबढिरहेको हाम्रोसंस्थालाई यहाँहरुको साथ सहयोग यसरीनै निरन्तर रहिरहने छ भन्ने संस्थाको अपेक्षा छ।