सनराइज बैकद्धारा नवजीवन परोपकार समाजको भवन निर्माणको लागी २ लाख ५० हजार सहयोग हस्तान्तरण

काठमाडौं – सामाजीक कार्यमा अहोरात्र खटिएको सामाजीक संस्था नवजीवन परोपकार समाजलाई सनराइज बैकद्धारा २ लाख ५० हजार सहायोग रकम प्रात्त भएको छ ।

विगत केही समयदेखी सडक पेटीमा वेवारिसे अवस्थामा रहेको मानिस पशुपंक्षी तथा पिडित परिवारलाई सहयोग गर्दै आएको सस्था नवजीवन परोपकार समाजले हाल काठमाडौंको तारकेश्वर नगपालीकाको मनमैजु खुललटारमा एक भवन

निर्माण गरिरहेको छ ।

उक्त भवन निर्माणको लागी सनराइज बैंकले सहयोग गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल, कोषाध्यक्ष राधेश्याम खड्का तथा बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सनराइज बैंक प्रति नवजीवन परोपकार समाज धन्यवाद ज्ञापन गर्दछ । यो सहयोगले हामीलाई अझधेरै जिम्मेवारि बोध गराएको छ ।
पुन पनि सनराइज बैक लाई नवजीवन परोपकार समाजको तर्फबाट हार्दीक धन्यवाद प्रकट गर्दछ।