काठमाडौं – नवजीवन परोपकार समाजले एक वृद्धको उद्धार तथा उपचार गरेको छ ।
सामाजीक कार्यमा रातदिन लागी परेको यो संस्थाले आज विर हस्पिटलको ट्रमा सेन्टरबाट एक वृद्धाको उद्धार गरेको हो ।

झापा अर्जुनधारा कप्तानबारीका ७४ बर्षिय गौरी राज राजबशी बिरामी पछी काठमाडौं ट्रमा सेन्टर इमर्जेन्सीमा बेवारिसे अबस्थामा नवजीवन परोपकार समाज का सस्थापक सदस्य मिरा केसि तथा गीता अधिकारी ले भेटेपछि केहि खानेकुरा दिएर सेवा गरिरहेको अवस्थामा उनले आफु काम गरेर खान नसक्न भनेको भिडियो नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले आफुलाई उक्त कुराले दुखित् तुल्याएको भन्दै ट्रमा सेन्टर पुगेर उनलाई आवश्यक उपचार गरि आफ्नो घरमा राखेका छन् ।

पास्टरले ३५ वर्ष काम लगाएर बिरामी भएपछी मलाई खÞतरा हुन्छ भनि काठमाडौको गाड़ी चडाएर पठाएको र आफुलाई चरम यातना दिएको भनेर राजबशिंले बताएका छन् ।
संस्थाका अध्यक्ष दाहालका अनुसार निर्माणधिन नवजीवन परोपकार समाजको आश्रम निर्माण सम्पन्न पछि भने यस्ता विरामि असक्तहरुलाई उक्त स्थानमा लगेर राख्ने बताएका छन् ।
नवजीवन परोपकार समाजद्धारा विषेश सहयोगी अनिल खानाललाई धन्यवाद दिन चाहान्छ ।
