काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजले यस बर्षको माता तिर्थ औसी भव्यताका साथ मनाएको छ ।

संस्थाले सडक पेटीमा मागेर गुजरा चलाउनु हुने आमाहरुलाई आमाको मुख हुने दिनमा नयाँ कपडा, चुरा, धागो, मिठाई, फलफुल लगायतक कुराहरु वितरण गरि मनाएको हो ।

यस कार्यक्रममा कलाकार आशिका तामाङ्ग समता स्कुलका शिक्षक अजय अधिकारी 100’s Groups का बब्लु गुप्ता विर हस्पिटलकी मिरा केसी तथा नववजीवन परोपकार समाजका सदस्यहरु मिलेर उक्त कार्यक्रम सम्पन गरिएको हो ।

विगत केहि समयबाट सडक पेटीमा बेवारिसे अवस्थामा रहेको पशु पंक्षी मानिसलाई उपचार तथा उद्धार गर्दै आएको यो संस्थाले हाल ति बेवारिसे अवस्थामा रहेको प्राणिलाई वासको आवश्यकता महशुुस गरि काठमाडौंको तारकेश्वर नगरपालीका ७ मनमैजुमा आश्रम (भवन) निर्माण गरिरहेको छ ।

उक्त भवन निर्माण सम्पन्न गर्नको लागी संस्था सँग प्रयाप्त रकम नभएका कारण देश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुलाई आफुले सकेको सहयोग गर्नको लागी अपिल गर्दछ ।
