नवजीवन ग्राम निर्माणका लागि समाजसेवी इशा गुरुङद्वारा रु ५० हजार सहयोग

काठमाडौं– लामो समय अघिबाट युकेमा बस्दै आएकी, समाजेवी इशा गुरुङद्धारा नवजीवन परोपकार समाजको ग्राम निमार्णका लागि रु ५० हजार प्राप्त भएको छ।

परदेशमा रहेर पनि नेपालको मायाँ गर्ने गुरुङ विगत लामो समयदेखि सामाजिक कार्यमा समर्पीत छन्। विभिन्न प्रकारका प्राणघातक रोगको उपचार अभावमा रहेकाहरुका लागि इशा भगवानको रुपमा देखा पर्ने गरेकी छन्।

युकेमा रहेर तिनै पिडितहरुको सहयोगार्थ उनको दैनिकी चल्ने गरेको छ। यसै क्रममा सडक पेटिमा रहेका बृद्ध बालबालिका र असाहायहरुको सहयोगार्थ निमार्ण भइरहेको नवजीवन ग्रामका लागि गुरुङले रु ५० हजार सहयोग स्वरुप प्रदान गरेकि हुन्।

परोपकार समाजले पिडित तथा आश्रय खोजिरहेका प्राणीहरुको उद्धार, उपचार र वासस्थानको आवस्यकता महसुस गरि काठमाडौं मनमैजु स्थित खुलालटारमा भवन निर्माण कार्य प्रारम्भ गरेको छ।

जुन बस्नेत परिवारको सहयोगमा प्राप्त सहयोगमा भवन निर्माण कार्य प्रारम्भ गरिएको हो।

जसको निर्माण कार्य सम्पन्न गर्न इशा गुरुङ, ज्यू लगायत सहयोगी परोपकारी मनहरुको सहयोग प्रती नवजिवन परोपकार समाज सधै कृतज्ञ छ।