काठमाडौं– सिरहामा आफ्नै पति र सासूले जिउँदै जलाएर गम्भीर घाइते भएकी कन्चन मण्डलको निधन भएको छ। उनको सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको हाे।
सिरहा नगरपालिका-८ की २१ वर्षीय मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्याको प्रयास थिए।
कन्चनकाे शरीरकाे ८० प्रतिशत माग जलेकाे थियो। जलिरहेकाे अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि 100’s ग्रुपका अभियान्ता बव्लु गुप्ता, नवजीवन पराेपकार समाज दुर्गानाथ दाहाल, मिरा केसी, ओएस नेपालका एचबी ताम्राकार, जेरी ताम्राकार, युके निवासी सामाजसेवी इसा गुरुङ, पेपर पाैडेल तथा अन्य अभियान्ताकाे सहकार्यामा सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा ल्याइएको थियो।
अन्तत: उनको अस्पतालमा भर्ना गरेको केही समयमै ज्यान गएकी हुन्।
उनकाे उपचारार्थ काठमाडाैं ल्याउन लागेकाे खर्च भने 100’s ग्रुप, नवजीवन पराेपकार समाजका तर्फबाट रु १० हजार, पेपर पाैडेल मार्फत १२ हजार तथा विरामीका आफन्तका लागि खान बस्नका लागि नवजीवन पराेपकार समाज तर्फबाट रु १० हजार प्रदान गरिएकाे समाजका अधक्ष्य दुर्गानाथ दाहालले जानकारी दिए।
श्रीमतीलाई जिउँदै जलाउन खाेज्ने पति बेचन मण्डल फरार छन् भने कन्चनकी सासूलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।
