नवजीवन परोपकार समाजकी आजिवन सदस्य सबिता न्यौपाने युथ फर ह्युमनराइट्स हिरो अवार्डद्धारा सम्मानित

काठमाडौं – नवजीवन परोपकार समाजकी आजीवन सदस्य तथा शिक्षा क्षेत्रमा सकृय मानवअधिकारकर्मी तथा समाजसेवी सबिता न्यौपाने युथ फर ह्युमराईट हिरो अवार्ड(२०१९ बाट सम्मानित भएकी छन् ।

सातौं दक्षिण एसिया क्षेत्रीय मानवअधिकार शिखर सम्मेलन(२०१९ राजधानीमा सम्पन्न भएको अवार्ड वितरण समारोहमा न्यौपाने सहित दिनेश कोर्की बैकुण्ठ थापा र गणेश घिमिरेले उक्त अवार्ड प्राप्त गरेका छन् ।

मानवअधिकार तथा महिला अधिकारको क्षेत्रमा लामो समय देखि निरन्तर सकृय रहनु भएकि युवा मानवअधिकारकर्मी सबिता न्यौपानेलाई ह्युमन राइट्स हिरो अवार्ड २०१९ बाट प्रमुख अतिथिले सम्मानित गर्नु भएको थियो ।

यस सम्मेलनमा युवाहरुले मानवअधिकारका विविध समस्या र युवाअधिकारको बारेमा बिशेष छलफल र कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

यो सम्मेलनको आयोजना युथ फर ह्युमन राइट्स इन्टरनेसनल र युथ फर ह्युमन राइट्स नेपालले आयोजना गरेको थियो ।

अमेरिकामा स्थापना भएको यो युथ फर ह्युमन राइट्स इन्टरनेसनलले विश्वभरी नै मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र मानवअधिकार शिक्षालाई आफनो अभियानको रुपमा फैलाउदै आएको छ ।

मानवअधिकार शिक्षा अभियानको लागि यो संस्था अन्तर्रा्ष्ट्रियरुपमा ख्याती प्राप्त मानवअधिकार संस्था हो ।

नवजीवन परोपकार समाजको तर्फबाट सविता न्यौपानेलाई हार्दिक बदाई दिन चाहान्छौ ।