काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजको नव निर्माणाधिन भवन परिसर तथा गतिविधि सुरक्षाका लागी सि सि टीभि जडान गरिएको छ ।
उक्त सि सि टीभिले भवन परिसरमा भएका गतिविधि लाई इन्टरनेटको माध्यमबाट जहाँ पनि हेर्न मिल्ने छ ।

समाजका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार उक्त क्यामराले रातको बेला पनि दिउँसो जतिनै राम्रो गरि देखाउने भएकाले अब सामान चोरिहुने तथा नयाँ व्यक्ति गएर विभिन्न प्रकारका हर्कत गर्ने जस्ता अनाधिकृत प्रकारका गतिविधि नियाल्न सहज हुने बताएका छन् ।

उनी भन्छन् विषेश गरि यो क्यामेराले आफु निर्माणधिन स्थल पुग्न नपाएको समयमा पनि जहाँ बाटपनि हेर्न गरेको छु यसले गर्दा मलाई पनि धेरै सहज भएको अनुभव भएको छ ।
पछिल्ला दिनहरुमा सडक पेटीमा बेवारिसे अवस्थामा रहेका प्राणिहरुलाई उद्धार गरि उपाचार गर्ने र उचित स्थानमा स्थानान्तरण गरि सहज वातावरण सृजना गर्ने काम गरिरहेका छ । यसको अझै सहजताका लागी संस्थाले अहिले काठमाडौंको मनमैजुमा आफ्नै भवन निमार्ण गरिरहेको छ ।
यदि तपाईहरु पनि यस्तो समाजीक कामम सहभागी बन्नको लागी संस्थाको अपिल समेत रहेको छ ।
