साना साना भाइबिहिनले देउसी खेलेकाे रकम नवजीवनकाे भवन निर्माणका लागी हस्तान्तरण

काठमाडौं – समाजीक संस्था नवजीवन परोपकार समाजको भवन निमार्णकालागी ह्यापी किड्स मन्टेस्वरीले सहयोग रकम हस्तान्तरण गरेको छ ।

कोटेश्वरमा रहेको ह्यापी किड्स मन्टेस्वरीका साना साना नानि बाबुबाट तिहारमा खेलीएको देउसिभैलो बाट जम्मा भएको १३ हजार रकम छैटौ बार्षिक उसत्वको उपलक्ष्यमा नवजीवन ग्राम निर्माणको लागी सहयोग दिएको हो ।

विगत दिनहरुबाटै सडक पेटीमा बेवारिसे अवस्थामा रहेका प्राणिहरुको सेवामा समर्पित यो संस्थाले अहिले काठमाडौंको मनमैजुमा आफ्नै भवन निमार्ण गरिरहेको छ।

यो कामको लागी नवीजीवन सधै ऋणी रहेने छ । यो पवित्र रकम सहयोग गर्नु भएकोमा श्री ह्यायाप्पी किड्स बेबी केयर एण्ड मन्टेस्वरी प्राध्यापक तथा स्कुल परिवारलाई नवजीवनको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहान्छौ ।

सेवा नै मानवको धर्म हो ।