काठमाडौं – नयाँबर्ष २०७६ सालको अवसरमा सामाजीक संस्था नवजीवन परोपकार समाजले राष्ट्रिय तथा राष्ट्रियता झल्काउने उदेश्यले नेपाली झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरेको छ ।
आज संस्थाको आफ्नो नव निर्मित भवनमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमा १० मिटर ठुलो झण्डा उठाउनका साथै धेरै साना झण्डा प्रर्दशन गरि देशमा शान्ती,तथा समृद्धीको लागी शुभकामना आदान प्रदान समेत गरिएको थियो । कार्यक्रममा विशिष्ट व्यक्तहरुको सहाभागीता रहेका नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले बताए ।

सडकपेटीमा बेवारिसे अवस्थामा रहेका मानिस, पुशु चौपाय, चरा चुरुङ्गी लगायतलाई उद्धार उपचार गरि विभिन्न स्थानमा स्थानान्तराण गर्दै आएको यो संस्थाले अहिले आफ्नो भवन निर्माण गरिरहेको छ ।उक्त भवन निर्माण सम्पन्न पछि भने बृद्धबृद्धा तथा उद्धार गरिएका प्राणिहरुलाई ग्राममा स्थानान्तरण गरिने छ ।

