नवजीवन परोपकार समाजको भवन निर्माणका लागी साउदी बस्ने नेपालीद्धारा आर्थीक सहयोग

काठमाडौं– सामाजीक संस्था नवजीवन परोपकार समाजलाई साउदीबाट नेपालद्धारा आर्थीक सहयोग रकम प्राप्त भएको छ ।

चितवन घरभई हाल साउदी अरब बस्दै आएका सविन डाेटेलद्धारा नवजीवन परोपकार समाजको निर्माणाधिन ग्राम अर्थात् आश्रम निर्माणका लागी उनले नगद रु १० हजार १०० हस्तान्तरण गरेका हुन् ।

विगत समयबाटनै सडकपेटीमा रहेका बेवारिसे मानव, पशुंपक्षी, गाई,गोरु, कुकुर, लगायतका विभिन्न पशु तथा मानवलाई सडकबाट उद्धार गरि उपचार पश्चात् विभिन्न स्थानमा स्थानान्तराण गर्दै आएको छ ।

तपाइ पनि सहयोग गर्न चाहानुहुन्छ भने निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।