४० बढिले गरे मृत्युपछि अङ्ग दानको घोषणा

४० बढिले गरे मृत्युपछि अङ्ग दानको घोषणा

काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजको प्रथम साधारण सभा कार्यक्रममा ४० बढिले मृत्युपछि आफ्नो अङ्ग दानको घोषणा गरेका छन् ।

गत शुक्रवार सम्पन्न कार्यक्रमा उपस्थित भएका बिभिन्न संघ सस्था १०० ग्रुपका सदस्य तथा विभिन्न व्यक्तिहरुले आफ्नो मृत्यु भएपछि शरिरका बिभिन्न अङ्ग जस्तै छाला,आँखा, लगायतका दान गर्न मिल्ने अङ्ग दान गरेका हुन।

कार्यक्रममा पुर्व डि आई जी रमेश खरेल, नायक निखिल उप्रेति,बिभिन्न बैंकका प्रमुख तथा प्रतिनिधि,यस्तै सामाजीक काममा आवद्ध रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधि, नवजीवन परोपकार समाजका आजीवन सदस्यहरुको उपस्थित रहेको थियो ।