काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजले बारा र पर्सामा भएको प्राकृतिक प्रकोप हावाहरीका कारण जनजीवन प्रभावित भएको स्थानमा गएर सहयोग हस्तान्तरण गरेको छ।

गत एक बर्षबाट सामाजीक काममा प्रतिवद्ध नवजीवन परोपकार समाज र 100’s ग्रुप मिलेर घटना स्थलमा पुरेर ६० घर परिवारलाई केहि खानेकुरा लत्ताकपडा वितरण गरेसँगै प्रकोपमा परि घाइते भएका पशुचौपाय तथा पशुपंक्षीलाई उपचार समेत गरेको थियो ।
संस्थाका अध्यक्ष दुर्गानाथ दाहाल सहित गएको नवजीवन परोपकार समाजको टोलीले स्थलगत भ्रमण गरि पिडितको अवस्थाहेरी आर्थीक सहयोग समेत गरेको थियो ।
गत आइतवार भएको उक्त प्रकोपमा परि २५ जनाको मृत्यु भएको थियो भने ६४३ जना घाइते भएका थिए ।
