कलाकार निरु खड्का (ठ्यास कुमारी)द्धारा नवजीवन परोपकार समाज भवन निर्माणको लागी आर्थीक सहयोग

काठमाडौं – सामाजीक संस्था नवजीवन परोपकार समाजको भवन निर्माणका लागी निरु खड्का (ठ्यास कुमारी)ले १० हजार सहयोग गरेकी छन् ।

नेपाल टेलिभिजनबाट हरेक मंगलवार राति ८ः५०बाट प्रसारण हुने हाँस्य टेलिश्रृखला मेरी बास्सैकी ठ्यास कुमारी उर्फ निरु खड्काले आफ्ना माता पिताको नाममा संस्थालाई सहयोग गरेकी हुन् ।

सामाजीक काममा दिनरात लागी परेको नवजीवन परोपकार समाजलाई विगत समयदेखि नै सहयोग गर्दै आएकी खड्काले काठमाडौंको तारकेश्वर नगरपालीका वडा नं ७ मनमैजुमा निर्माणधिन नवजीवन ग्राम निर्माणमा सहयोग होस भनि उक्त रकम दिएकी हुन् ।

सडक पेटीमा वेवारिसे अवस्थामा रहेका मानिस, पशु चौपाय, कुकुर विभिन्न पंक्षी हरुको उद्धार तथा उपचार गर्दै आएको यो सस्थाले आफ्नो भनव निर्माण सम्पन्न पश्चात उक्त भवनमा लगेर सेवा दिने छ ।

सहयोग गर्नुहुने निरु खड्का प्रति नवजीवन परोपकार समाज हार्दीक धन्यवाद प्रकट गर्दछ ।