हावा र हुरीका कारण पिडामा परेका पिडितलाई राहात वितरणका लागी बारा र पर्सा जादै नवजीवन परोपकार समाज

Victims waiting for relief materials after a devastating storm hit Bara and Parsa districts on Sunday night, at Bhaluhi, Birgunj, on Monday, April 1, 2019. Photo: Ram Sarraf/THT

काठमाडौं – सामाजीक कार्यमा आबद्ध संस्था नवजीवन परोपकार समाजले गत आईतवार साँझ भएको हावा हुरीमा परि पिडामा परेका पिडतका लागी केहि राहात समाग्रीका साथ बारा र पर्सा जाने भएको छ । आईतवार भएको उक्त प्राकृतिक प्रकोपमा परेका बारा र पर्साका पिडितलाई केहि राहात मिलोस भन्ने उदेश्यले नवजीवन परोपकार समाज उक्त क्षेत्रमा जाने भएको हो । हिजो नै जाने भनिएता पनि विभिन्न प्राविधिक कारणले गर्दा आज मात्र जान लागीएको संस्थाका अध्यक्ष दुर्गानाथ दाहाले बताएका छन्। भोली बुधवार घटना स्थलमा पुगेर राहात वितरण गरिने छ।
घाइते भएका मानिसलाई उपचारका लागी अस्पताल लगिएता पनि घाइते भएका पशुप्राणिहरुलाई समेत उपचार गरिने छ । वितल केहि बर्षयता सडक पेटिमा बेवारिसे अवस्थामा रहेका मानिस, पशुप्राणि तथा पशुपंक्षीहरुको उपचार तथा उद्धार गरि सेवा प्रधान गरिरहेको छ ।

तपाईहामी हातेमालो गरि समस्या भएका बेला सहयोग गरौ ।

                        सेवा नै मानवको धर्म हो ।