कविर समाजद्धारा नवजीवन परोपकार समाजलाई १० बढि रकम सहयोग

काठमाडौं – समाजीक संस्था नवजीवन परोपकार समाजलाई कविर समाज ललितपुर झम्सिखेलबाट आर्थीक सहयोग प्राप्त भएको छ ।

सतशरण सायव ज्युको स्मृति दिवसको अवशर पारेर उक्त संस्थामा आवद्ध पराेपकारी सहयाेगी मनहरुबाट  नवजीवन परोपकार समाजको भवन निर्माणको लागी १०१०० (दश हजार एक सय) सहयोग रकम हस्तान्तरण गरेको हो ।

सडक पेटिमा वेवारिसे अवस्थामा रहेका मानिस, पशुपंक्षीहरुको उद्धारमा रात दिन खटिरहेको नवजीवन परोपकार समाजले आफ्नै भवन निर्माण कार्य गरिरहेको छ ।काठमाडौं तारकेश्वर नगरपालीका ७ स्थित मनमैजू खुलालटारमा एक बस्नेत परिवार बाट निशुल्क प्रधान भएको ५ रोपनी आना जग्गामा उक्त भवन निर्माण कार्य भइरहेको छ ।

आश्रम निमार्णका लागी देश तथा विदेशमा रहनु भएको नेपाली सहयोगी दाजुभाई तथा दिदिबहिनी प्रति नवजीवन परोपकार समाज आभारी रहेको छ ।